काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।
शुक्रबार, नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ अंक विन्दुमा आइपुगेको छ ।
आज ५१ लाखको कित्ता सेयर २अर्ब १९ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ नन् लाइफ इन्सोरेन्स, हाइद्रो र म्यूअचल फँन्ड बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।
आज १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा७१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, रिलायन्स लाइफ इन्सोरेन्स र राष्ट्र उत्थान लघुवित्तको १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
लुम्बिनी बिकास बैंक ८.८४, एक्सेल डेभलपमेन्ट बैंक ६.७९, प्रतिशतको सर्किट लागेको छ ।
आज लुम्बिनी बिकास बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।