२१२७ विन्दुमा पुग्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट, अरुण काबेलीको सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १९ लाखको कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ नन् लाइफ इन्सोरेन्स, म्यानू एण्ड प्रो र अन्य बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, विन्दवासिनी हाईड्रोपावरको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

राष्ट्र उत्थान लद्युवित्तमा ९.९९, एक्सेल डेभलपमेन्ट बैंक ९.८९, हिमालयन पावर पार्टनरमा ९.७८ प्रतिशतको सर्किट लागेको छ ।

आज अरुण काबेली पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोशीको १४ करोड १७ लाख, अपि पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स