कतिमा भयो बिन्ध्यवासीनी हाइड्रोको पहिलो सेयर कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिन्ध्यवासीनी हाइड्रोको सेयर कारोबार सुरु भएको छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको सेयर बुधबार ‘बिएचडिसी’ सिम्बोलबाट नेप्सो सूचीकृत भएसँगै आजदेखि काराबोरमा आएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.३४ रुपैयाँदेखि ३३४.०२ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स