ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा ईयू फर्मा टेक्निकलको सपोर्ट रहेको कम्पनीको औषधि उत्पादन गरिरहेको छ । कम्पनीले भरतपुर २९, चितवनमा रहेको युरोपियन गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस स्ट्याण्डर्ड अनुसार औषधी उत्पादन गरिरहेको छ ।

कम्पनीले नेपाल सरकार औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती पाइसकेको छ । बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको कम्पनीले जनाएको छ । साथै फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स