काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा १२.२७ गुणा बढी आवेदन परेको छ ।
बुधबार साँझ ५ः१० बजेसम्ममा ११ लाख ८३ हजार १० आवेदनबाट १ अर्ब ३४ करोड २४ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख २४ हजार ४० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको १० लाख ९३ हजार ७४९ कित्ता सेयरको १२.२७ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले साउन १२ गते भित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।