काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज ७५ लाख ८ हजारको कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ टेड्रिङ बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।
आज १५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, जानकी फाइनान्स, युनाईटेड मोदी, राष्ट्र उत्थान लघुवित्तमा १० प्रतिशतको सर्किट लागेको छ । नेष्डो लघुवित्तमा ९.९७% र जालपा लघुवित्तमा ९.८४ प्रतिशतको सर्किट लागेको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ९४ लाख माथिको कारोबार भएको छ ।
त्यसैगरि, अरुण काबेली पावरको १२ करोड ३५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँ र युनिभर्सल पावर कम्पनीको ८ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।