दोहोरो अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मै, यी ५ कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । लगातार बढेको सेयर बजार आज साताको तेस्रो दिन गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८ लाख ७४ हजारको कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १९ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख, हिमालय डिस्टिलरीको ९ करोड ८० लाख र राधी विद्युत कम्पनीको ८ करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स