५४ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार, यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९९ लाख ४४ हजारको कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नाराण्यणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्यादय वमी लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाईटेड मोदी, मानुषी लघुवित्त, बलेफी , समृद्धि फाइनान्सको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स