काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आज साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ । सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २३ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।