यी हुन् आज सेयर बजारमा सबैभन्दा धेरै गुमाउने कम्पनी

काठमाडौं । नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ ।
आज १८४ कम्पनीको १ लाख ४ हजार ३४२ पटक सेयर कारोबार भएको छ ।

जसमा ६८ कम्पनीको सेयर मूल्य बढेको छ । १०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१ करोड ७१ लाख ८२ हजार सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको बढेका छन् । ट्रेडिङ, विकास बैक, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूह घटेका छन् ।

सन् राइज म्युचुयल फण्डको मूल्य ९.९८ प्रतिशतले घटेको छ । मंगलबार म्युचुयल फण्ड १३.१३ रुपैयाँमा कारोबार भएको थियो भने आज ११.८२ रुपैयाँ पुगेको छ । म्युचुयल फण्ड १.३१ रुपैयाँले घटेको छ ।

खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७.७७ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ४१२ रुपैयाँमा कारोबार भएको थियो भने आज ३८० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ३२ रुपैयाँले घटेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ७१४.८० रुपैयाँमा कारोबार भएको थियो भने आज ६७० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ४४.८० रुपैयाँले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.७५ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ११३० रुपैयाँमा कारोबार भएको थियो भने आज १०६५ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले घटेको छ ।

आईसीएफसी फाइनान्सको सेयर मूल्य ५.२८ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १०६८.९० रुपैयाँमा कारोबार भएको थियो भने आज १०१२.५० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ५६.४० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स