श्वेत गंगा हाइड्रोपावरको आईपीओमा ८.०३ गुणा बढी आवेदन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा ८.०३ गुणा बढी आवेदन परेको छ ।

आइतबार ५ः१० बजेसम्ममा १६ लाख ३ हजार ७७२ वटा आवेदनबाट एक अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ३९ हजार २७० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

जुन सर्वसाधारणलाई छुट्टाएको २२ लाख ७० हजार २५ कित्ताको ८.०३ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ ।

सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले साउन ८ गतेसम्म मात्रै आवेदन खुला रहनेछ ।आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स