१० दिनभित्र नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई आग्रह

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० दिनभित्र नट्सको लगइन र युजर आईडी लिन आग्रह गरेको छ।

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको हो।

नेप्सेले आफ्नो पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिनका लागि सूचीकृत कम्पनीलाई नेप्सेको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

नट्सको लगइन र युजर आईडी लिएपछि मात्रै कम्पनीहरुले सूचना तथा विवरण नेप्सेको वेबसाइट अपलोड गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स