मौद्रिक नीतिको प्रभाव, ६१ अंकले बढ्यो नेप्से, सबै उपसमूहतर्फ छायो हरियाली

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख २३ हजारको कित्ता सेयर २ अर्ब ७३ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । लगानीकर्ताहरू केहि नयाँ नीतिको व्यवस्था भएसँगै उत्साहित भएका छन् । मौद्रिक नीतिले सेयर बजारको लागि सुधारको केन्द्रविन्दु बन्ने आशा देखाएको छ ।

सार्वजनिक मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले कुनै पनि एक वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म सेयर धितोकर्जा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस अघिको अधिकतम सेयर धितोकर्जाको सीमा एक वित्तीय संस्थामा कायम भएको छ ।

लगानीकर्ता छोटेलाल रौनियारले मोद्रिक नीतिले गरेको व्यवस्थाले लगानीकर्तालाई केहि उत्साहित बनाएको बताए ।

‘हामी आफूहरुले चाँहेको जस्तो ४र१२ नै नहटेपनि ३ वटा बैंक नभईकन एउटै बैंकबाट १२ करोडको निकाल्न पाउँने प्रावधानले राहत दिएको र यसलाई स्वागत गनुपर्ने बताए । ‘दोस्रो कुरा जोखिम बहन क्षमता २५ लाखसम्म १०० प्रतिशत र २५ लाखभन्दा माथिलाई १५० प्रतिशत जुन भनिएको छ यसले साना लगनीकर्ता र ठूला लगानीकर्ता भनेर छुट्याउँन खाजेको देखियो तर त्यस्तो धेरै जोखिम नेपाली पुँजी बजारमा नरहेको ’ ठकुवा गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स