भोलिबाट मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ९ गते (सोमबार)देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २३ गतेसम्म लम्बिनेछ। सेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले यस अघि नै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स