आज ६८ कम्पनीको सेयर मूल्य बढ्यो, सर्वाधिक मूल्य बढाउने ५ कम्पनी यस्ता छन्

काठमाडौं । नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ ।
आज १८४ कम्पनीको १ लाख ४ हजार ३४२ पटक सेयर कारोबार भएको छ ।

जसमा ६८ कम्पनीको सेयर मूल्य बढेको छ । १०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१ करोड ७१ लाख ८२ हजार सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको बढेका छन् । ट्रेडिङ, विकास बैक, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूह घटेका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर बढेको छ । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १३४६.३० रुपैयाँमा कारोबार भएको थियो भने आज १४४८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १०१.७० रुपैयाँले बढेको छ ।

ओरियन्टल होटलको सेयर मूल्य ६.१४ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ५७० रुपैयाँमा कारोबार भएको थियो भने आज ६०५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले बढेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ६.०४ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ५३० रुपैयाँमा कारोबार भएको थियो भने आज ५६२ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३२ रुपैयाँले बढेको छ ।

हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ४९८ रुपैयाँमा कारोबार भएको थियो भने आज ५२८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेको छ ।

सोल्टी होटलको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता २६१.९० रुपैयाँमा कारोबार भएको थियो भन आज २७६.९० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स