श्वेत गंगा हाइड्रोपावरको आईपीओमा ५.५४ गुणा बढी आवेदन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओमा ५.५४ गुणा बढी आवेदन परेको छ ।

शुक्रबार १ः३० बजेसम्ममा १० लाख ९२ हजार ९७८ आवेदनबाट १ अर्ब २५ करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ८२ हजार १५० कित्ता सेयरको लागि आवेदन परेको हो ।

जुन सर्वसाधारणलाई छुट्टाएको २२ लाख ७० हजार २५ कित्ताको ५.५४ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ ।

सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले साउन ८ गतेसम्म मात्रै आवेदन खुला रहनेछ ।आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स