नेप्से परिसूचक २७ अंकले घट्दा यी ५ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

शुक्रबार, दुई घण्टाको कारोबारमा नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख २० हजारको कित्ता सेयर १ अर्ब ४४ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको २१ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालय डिस्टिलरीको ६ करोड ८० लाख, गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख र अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स