सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड प्रवाह, यस प्रावधानबाट लाभ लिने ०.२० प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्त कम्पनीबाट सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ प्रवाह भएको छ । ८ हजार ५६४ जनाले सेयर धितो कर्जा लिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सेयर धितो कर्जा ५० अर्ब ४१ करोड रुपैयाँ प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार १६२ जनाले १२ करोड रुपैयाँभन्दा धेरैले सेयर धितो कर्जा लिएका छन् । उनीहरुले १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् ।

४ करोड रुपैयाँभन्दा बढी र १२ करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा लिने ६३६ जना छन् । उनीहरुले २३ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।

सीमित व्यक्तिहरुले मात्र लाभ लिएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा कडाई गरेको छ । मौद्रिक नीति अनुसार एक व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्त कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य बैंक तथा वित्त कम्पनी समेतगरी बढीमा १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

सेयर कारोबार गर्नका लागि ४२ लाख १७ हजार ८४५ वटा डिम्याट खाता खोलिएको छ । जसमा मेरो सेयर प्रयोगकर्ता ३३ लाख ११ हजार ६७३ जना छन् । सेयर कारोबार गर्नेमध्ये ०.२० प्रतिशतले मात्र सेयर धितो कर्जाबाट लाभ लिइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स