नेप्सेमा सामान्य सुधार, ६८ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ ।
आज १८४ कम्पनीको १ लाख ४ हजार ३४२ पटक सेयर कारोबार भएको छ ।

१ करोड ७१ लाख ८२ हजार सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको बढेका छन् । ट्रेडिङ, विकास बैक, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूह घटेका छन् ।

आज सबैभन्दा धेरैले रुरु जलविद्युतको सेयर मूल्य बढेको छ । सन् राईज म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स