सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको लागि दिए बोर्डमा आवेदन

काठमण्डौ । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असार २८ गते बोर्डमा आवेदन दिएको हो ।

त्यस्तै, रिलायन्स स्पिनीङ मिल्सले योग्य संस्थागत लगानीकर्ताका लागि ७ करोड ७० लाख ६४ हजार रुपैयाँको ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असार ३१ गते बोर्डमा आवेदन दिएको हो ।

बुक बिल्डिङ विधिअनुसार आईपीओ निष्कासन गर्दा सर्वसाधारणका लागि जारी गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स