दुई कम्पनीले आईपीओ निष्काशनका लागि दिए बोर्डमा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दे आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्यांगे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दे बोर्डमा आवेदन दिएका हुन् ।

जसअनुसार, रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता सेयर निष्काशनका लागि अनुमति माग गर्दे बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले खोटांग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै अपर स्यांगे हाईड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणलाई गरि कुल ८ लाख ७० हजार कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ।

कम्पनीले लमजुंग जिल्लाको मस्र्यांगदी गा.पा. वडा नं. ४, स्यांगे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स