नेप्सेमा दुई कम्पनीको साढे १ करोडबढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) र आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार यी दुवै कम्पनीको कुल १ करोड ५७ लाख ७० हजार ३ सय १०.२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, एचआईडिसीएलको ८ प्रतिशतले हुन आउने १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ८ लाख १० हजार ३ सय १०.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स