काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज ४१ लाख ३३ हजारको कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ बैंकिंङ, ट्रेडिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, लाइफ इन्सोरेन्स बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
त्यसैगरि, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ८२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।
त्यस्तै, त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।