गभर्नरको राजीनामाको हल्लाले सेयर बजारमा हरियाली

काठमाडौं । गत असार २७ गते सोमबारदेखि साउन ३ गते आज मंगलबारसम्म लगातार ७ कारोबारको दिनमा नेप्से परिसूचक लगातार बढिरहेको छ । १६.२० विन्दुले बढेर २०४५.६३ अंक पुगेर बन्द भएको छ । यो ७ दिनको कारोबार नेप्से परिसूचक समग्र १३०.०९ अंकले बढेर गएको छ ।

यी दिनहरूमा नजिकिँदो मौद्रिक नीति, मौद्रिक नीतिमा पुँजी बजारलाई केहि सहजीकरण गर्ने विषयमा आएका समाचारहरू र पछिल्ला केहि दिनदेखिबाट गभर्नर महाप्रसाद अधिकारीको मुखबाट केहि पनि शब्द नओकलिनुले बजार बढ्न सहयोग गरेको हो । उनी आफै स्वयम् छद्मभेसी नाममा विवादमा तानिनु यी कारणहरूले गर्दा उनी सार्वजनिक कार्यक्रमहरूमा बोल्न जान पाएनन् । जसको फलस्वरुप उनले नबोल्ना सेयर बजारले सकारात्मक लय समातेको हो ।

बेला बेलामा आउने उनका अभिव्यक्ति नै सेयर बजारका लागि ग्रहण लागेर अन्धकार भए झै भइरहेको छ । केहि दिन नबोल्दा पुँजी बजारले निरन्तर सकारात्मक लय लिइरहेको छ । तयार रहनुस् व्याजदर बढ्दै छ भनेर हंगामा मच्र्याउने गभर्नर केहि दिन उनको बोलि बन्द हुँदा राष्ट्र बैंकले प्रकाशित गर्ने तथ्यांकहरूको आधारमा सीडी रेसियो निरन्तर घट्दै गएको छ । नेपाल बैकर्स संघको तथ्यांक अनुसार असार मसान्तसम्म वाणिज्य बैंकको सीडी रेसियो ८६.४१ प्रतिशत रहेको छ ।

यसले पनि समग्र पुँजीबजार तथा मुद्रा बजारमा पनि तरलता सहज हुने परिस्थिति सिर्जना भएको देखिन्छ । जुन तथ्यांकले गभर्नरका प्रत्येक भनाइहरूलाई कलोकल्पित सावित गरिरहेको छ । राष्ट्र बैंकजस्तो जिम्मेवार पदमा रहेर पनि राष्ट्र र समग्र अर्थतन्त्रलाई घात गरी निहित स्वार्थमा लिप्त भई कार्यसम्पादन गरेको भन्ने सदनदेखि सडकसम्म उनको विरोध र टिका टिप्पणी भएको छ ।

सामाजिक सञ्जाल र विभिन्न भेला तथा गोष्ठीहरूमा उनकै नकारात्मक चर्चा चलिरहेको छ । यति हुँदा पनि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिने आट गर्न सकेका छैनन् ।

अब आउने मौद्रिक नीतिमा उनको प्रत्यक्ष सहमागिता नहुने भन्ने हल्लाले पनि उद्योगी व्यवसायी र लगानीकर्ताहरू आउने मौद्रिक नीतिमा लगानीमैत्री वातावरण तयार हुन्छ भन्ने कुरामा विश्वस्त देखिन्छन् । जसको फलस्वरुप आज सेयर बजारमा १६.२० विन्दुले बढोत्तरी भएको छ । जसले लगानीकर्ताहरूमा आत्मविश्वास जागृत भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स