१६ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार, शिवम् सिमेन्ट्सको सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ अंक विन्दुमा आइपुगेको छ ।

आज ५७ लाख १३ हजारको कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

त्यसैगरि, १४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डेष्टिलेरीको ८ करोड ४८ लाख, एनआईसी एसिया बैंकको ६ करोड ८८ लाख र अरुण काबेलीको ५ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स