काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । सोमबार बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइपीओ निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि १ लाख ७८ हजार ९४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले स्थानीयलाई ३ लाख कित्ता सेयर निष्काशन गरेकोमा १ लाख ७८ हजार ९ सय ४० कित्ता मात्रको लागि आवेदन परेको हो । बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता सर्वसाधारणलाई बिक्री हुने छ । अब कम्पनीले सर्वसाधारणलाई कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गर्ने छ ।
कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि असार २ गतेदेखि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अकिंत दरमा ३ करोड मूल्य बराबरको ३ लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) को बिक्री खुला गरेको हो ।
कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।