नेप्सेमा आदर्श लघुवित्तको सेयर सूचीकृत, ओपनिंङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको २ लाख ७ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर सूचीकृत भएसँगै भोलि (मंगलबार) देखि दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२२.८८ रुपैयाँदेखि ३६८.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ । उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार जुनसुकै मूल्यबाट गर्न सकिने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीको (ADLB) सिम्बलबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स