पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित सेयर तालिम सफलताका साथ सम्पन्न

काठमाडौं । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लनिङ सेन्टरको सहकार्यमा सेयर तालिम सफलताका साथ सम्पन्न गरेको छ ।

कम्पनीले आषाण ३२ गते शनिवार इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्ट, पोखरामा आधारभूत सेयर तालिम सफलताका साथ सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ५१ जनाको सहभागिता रहेको थियो।

तालिम कार्यक्रममा विशेष गरी सेयर बजारेको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयर (https://meroshare.cdsc.com.np बाट प्राथमिक बजारमा आइपीओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन सेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीहरु लगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमकाबीच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरले जनाएको छ ।

उक्त कार्यक्रमका विशेषताहरू सेयर बजार र परिचय, डिम्याट खाता र मेरो सेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोश्रो बजार, सेयर बजारमा कसरी प्रवेश गर्ने ?,दोश्रो बजार र सेयर मूल्य निर्धारण, परिसुचक र सर्कीट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदी, सेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यस क्षेत्रबारे विशेष जानकारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स