सामान्य अंकले बढ्यो नेप्से, अपर तामाकोसीको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य वृद्वि भएको छ ।

आइतबार, नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ४५ हजारको कित्ता सेयर १ अर्ब २३ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ, म्यानु एण्ड प्रो, लाइफ ईन्सोरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज अपर तामाकोसी हाइड्रोपावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ६ करोड ४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख, अरुण काबेली पावरको ४ करोड ६५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५६ लाख र नेपाल टेलिकमको ४ करोड ४६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स