काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आज कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलकै कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा कुल १४ लाख ५५ हजार ३८४ आवेदकले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८११ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ५२ हजार ५७३ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको हो । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिएका हुन् ।
यी ४ तरिकाबाट हेर्नुस् नतिजा :
१. बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट : https://www.nmbcl.com.np/
२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
३. सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
४. अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट : https://ushec.com.np/