सेयर बजारमा ६९ अंकको गिरावट हुँदा पनि मूल्य बढाउने ५ कम्पनी यस्ता छन्

काठमाडौं । नेप्से ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेको छ । मंगलबार क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.३४ अंकले घटेको छ ।

आज २२७ कम्पनीको सेयर १ लाख ३० हजार ७७४ पटक कारोबार भएको छ । २ करोड ३१ लाख ९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कर्णाली विकास बैंकको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता ५२८ रुपैयाँमा कारोबार हुँदा आज ५६८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता ४१४.५० रुपैयाँमा कारोबार हुँदा आज ४३९.७० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य २५.२० रुपैयाँले बढेको हो ।

सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्थाको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता २६०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज २७५५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १५५ रुपैयाँले बढेको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.६३ प्रतिशतले बढेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता १०८० रुपैयाँ थियो भने आज ११३० पुगेको छ । कम्पनीको सेयर मूल्य ५० रुपैयाँले बढेको हो ।

सिटिजन म्युचुयल फण्डको सेयर मूल्य २.८४ प्रतिशतले बढेको छ । आइतबार १५.१६ रुपैयाँमा कारोबार भएको थियो भने आज १५.५९ पुगेको छ । म्युचुयल फण्डको मूल्य ०.४३ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स