१९४ कम्पनीको सेयर मूल्य घट्यो, यी हुन सर्वाधिक सेयर मूल्य गुमाउने ५ कम्पनी

काठमाडौं । नेप्से ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेको छ । मंगलबार क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.३४ अंकले घटेको छ ।

आज २२७ कम्पनीको सेयर १ लाख ३० हजार ७७४ पटक कारोबार भएको छ । २ करोड ३१ लाख ९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर मूल्य घटेको छ । रुरुको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो । आइतबार कम्पनीको सेयर प्रति कित्ता १४९५.८० रुपैयाँमा कारोबार भएको थियो भने आज १३४६.३० रुपैयाँमा झेरको छ । कम्पनीको सेयर मूल्य १४९.५० रुपैयाँले घटेको हो ।

माउन्टेन हाईड्रोपावरको सेयर मूल्य ७.७६ प्रतिशतले घटेको छ । आइतबार कम्पनीको सेयर मूल्य ५८० रुपैयाँ रहेको थियो भने आज ५३५ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ४५ रुपैयाँले घटेको हो ।

हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले घटेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता ५३५ रुपैयाँमा कारोबार भएको थियो भने आज ४९८ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ६.९२ प्रतिशतले घटेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५९ प्रतिशतले घटेको छ । कम्पनीको सेयर आइतबार १६७० रुपैयाँमा कारोबार भएको थियो भने आज १५६० रुपैयाँमा पुगेको छ । कम्पनीको सेयर मूल्य ११० रुपैयाँले घटेको हो ।

घलेम्दी हाईड्रोपावरको सेयर मूल्य ५.९४ प्रतिशतले घटेको छ । आइतबार कम्पनीको सेयर प्रति कित्ता ४७१ रुपैयाँमा कारोबार भएको थियो भने आज ४४३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य २८ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स