सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्कासनका लागि माग्यो बोर्डको अनुमति

काठमाण्डौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि असार २४ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स