नेप्सेमा ६९ अंकको करेक्सन, सबै उपसमूह रातो

काठमाडौं । नेप्से ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेको छ । मंगलबार क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.३४ अंकले घटेको छ ।

आज २२७ कम्पनीको सेयर १ लाख ३० हजार ७७४ पटक कारोबार भएको छ । २ करोड ३१ लाख ९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूहको सेयर मूल्य घटेको छ । लाइफ इन्स्योरेन्स उपसमूहको सेयर मूल्य ४४७.९८ अंकले घटेको छ ।

बजार घट्दा पनि कर्णाली डेभलपमेन्ट बैंक ७.५८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थान ६.०८ प्रतिशत र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स