काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओमा ३.६६ गुणा बढी आवेदन परेको छ ।
बिहीबार ५ः१० बजेसम्ममा ७ लाख ९२ हजार ४७६ आवेदनबाट ७९ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ७९ लाख ६७ हजार ६८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको २१ लख ७६ हजार ९४० कित्ताको ३.६६ गुणा बढी हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
सर्वसाधारणलाई निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।
बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन १ गते सम्म आवेदन दिन सक्ने छन् ।
सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ। कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।