अपर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । आज (बिहीबार) बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सेयर बाँडफाँड गरेको हो।

आईपीओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार १ लाख ८२ हजर ४७ जनाले मात्र सेयर पाएका छन् । जस मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएका छन् ।

कम्पनीले सर्वसाधारणहरुको लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

जस अनुसार ३९ हजार १ सय ५० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ नतिजा प्रकाशन भएपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट: https://www.nmbcl.com.np/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/

४. अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट: https://ushec.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स