अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा ९.९४ गुणा बढी आवेदन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा ९.९४ गुणा बढी आवेदन परेको छ ।

मंगलबार साँझ ५ः१० बजेसम्ममा १२ लाख ११ हजार ६८९ वटा आवेदनबाट १ अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

जुन सर्वसाधारणलाई छुट्टाएको १३ लाख ९५ हजार कित्ताको ९.९४ गुणा बढी हुन आउँछ ।

कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ भोली असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स