काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।
उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ ।
कम्पनीले आद्युनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आईरहेको छ ।
यस कम्पनीले मकवानपुरको चित्लांगमा च्याउ उत्पादन गर्नुका साथै रिसोर्ट पनि संचालन गरिरहेको छ ।