न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक सेयरधनीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई सो सेयर निष्काशन गर्न लागेको हो ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं.३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुन डाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको हो ।

आईपीओमा एनएमबि बैंकको बेसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेसीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईमएई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स