११ अंकले बढ्यो नेप्से, उपसमूहतर्फ सबैमा हरियाली, अरुण काबेलीको सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४९ लाख ६७ हजारको कित्ता सेयर १ अर्ब ७० करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

त्यसैगरि, १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटाको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज सप्तकोसी डेभलपमेन्ट बैंकमा ९.३५ प्रतिशतको सर्किट लागेको छ ।

त्यस्तै, आज अरुण काबेली पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको ७ करोड ६० लाख, शिवम् सिमेन्ट्सको ७ करोड ४० लाख, युनाइटेड इदि मार्दिको ५ करोड ९३ लाख र हिमालयन डिस्टिलरीको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स