हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै कति जनाले पाउँछन् ११ कित्ता सयेर

काठमाडौं । हिमालयन हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज मंगलबार (असार २८) मा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ८ः३० बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको होे । बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता सेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयर ९ जनाले ११ कित्ता पाउने छन् । अन्यले १०/१० कित्ता सेयर पाउने बताइएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जस अनुसार १ लाख ८३ हजार ४७ जनाले सेयर पाउने छन् । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स