सेयर बजारमा भारी गिरावट, १९१५ विन्दुमा नेप्से, हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख १३ हजारको कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, १ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज कम्पनीको ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स