हिमालयन हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुने, १४ लाख बढीको हात खाली

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि (असार २८) गते बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ भोलि बिहान ८ः३० बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकै कार्यालयमा बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरको १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।

माग भन्दा धेरैको आवेदन परेको हुँदा कम्पनीको आईपीओ लक्की ड्र मार्फत बाँडफाँड हुनेछ । कम्पनीका अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स