नेप्से घटेर १९९२ विन्दुमा, उपसमूहतर्फ सबै कम्पनी राताम्मै, शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ६३ हजारको कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटाको घटेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, युनाइटेड इदि मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स