सेयर बजारमा हरियाली, दुई कम्पनीमा सर्किट, गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख ६३ हजारको कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, नन् लाइफ इन्सोरेन्स र म्यूचल फण्ड बाहेक सबैमा हरियाली छाएको छ ।

त्यसैगरि, १२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटाको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज लाइफ इन्सोरेन्स कर्पोरेसनमा १० प्रतिशत र सिवाईसी लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज सर्वाधिक गुर्खाज फाइनान्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ७२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख, सिभिल बैंकको १० करोड ५४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख र अपर तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स