२४ लाखले भरे तेह्रथुम पावरको आईपीओ

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयरमा २४ लाख बढी आवेदकले सेयर खरिदको लागि आवेदन दिएका छन् । कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा आइतबार सम्ममा झण्डै ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता सेयर खरिदका लागि आवेदकले आवेदन दिएका हुन् । कम्पनीको सेयरमा आज ५ बजेसम्म २३ लाख ८८ हजार ३३२ जना आवेदकले दिएको छ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर छ ।कम्पनीले बिक्रीमा ल्याएको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणको लागि हो ।
कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । तर कतिपय बैंकमार्फत गरिएको आवेदन थप हुनसक्ने र कतिपय आवेदन रद्द हुनसक्ने अवस्था पनि छ । तेह्रथुम पावरको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीयलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स