४६ अंकले घट्यो नेप्से, ३ कम्पनीमा सर्किट, सानिमा बैंकको प्रोमोटर सेयर सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख १३ हजारको कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटाको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज सिवाईसी लघुवित्तको सेयरमा १० प्रतिशत, डाङी गुप्र कम्पनीको सेयरमा ९.९७ र आँधिखोला लघुवित्तमा ९.६१ प्रतिशतको सर्किट लागेको छ ।

आज सर्वाधिक सानिमा बैंकको प्रोमोटर सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ३० करोड २० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको ११ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ६० लाख, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख र अपर तामाकोशीको ८ करोड ५७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स