सुपर मादी हाईड्रोपावरले आइपीओ निष्काशनका लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो ।

कम्पनीले असर १५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स