सेयर बजारमा गिरावट, ४ अर्बको कारोबार, दुई कम्पनीमा सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ९.७५अंकले घटेर २०७६.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९ लाखको कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, सिवाईसी लघुवित्तको सेयरमा १० प्रतिशत र डाङी गुप्र कम्पनीको सेयरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख, अरुण काबेली पावरको ११ करोड ७८ लाख र अपर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स