५७ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार, ९ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख २७ हजारको कित्ता सेयर २ अर्ब ४८ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीमा हरियाली छाएको छ ।

आज १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, साल्ट टेडिङ्, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सञ्जोल जलविद्युत्, नेष्डो लघुवित्त, सिवाईसी नेपाल लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, रसुवागढी हाईड्रोपावरमा ९.९६%, मध्य भोटेकोसी जलविद्युतमा ९.६०% र कर्पोरेट डेभलपमेन्ट बैंकमा ९.०३ प्रतिशतको सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स